侯艳琪大使在《安娜普尔纳邮报》发表文章

作者: 时间:2020-11-02 点击数:

साझा भाग्यको समष्टि निर्माणका लागि चीन–नेपाल सीमालाई सहकार्यको गाँठो बनाउन संयुक्त मेहनत गरौं
Let's work together to make the China-Nepal border a knot of cooperation for building a common destiny
चीन र नेपाल पहाड र नदीले जोडिएका मैत्रीपूर्ण छिमेकी मुलुक हुन्। प्राचीनकालदेखि छिमेकीको रूपमा रहँदै आएका दुई देशका जनताबीच सीमावर्ती क्षेत्रमा दोहोरो आवतजावत हुँदै आएको छ। उनीहरूबीच आपसी हित तथा एकअर्काबाट अध्ययन गर्ने भावना रहँदै आएको छ। अग्लो स्वच्छ सगरमाथा दुई देशबीचको पुरानो आदान—प्रदानको इतिहासको साक्षी रहँदै आएको छ। लामो हिमालय पर्वत शृंखला चीन–नेपाल मैत्रीको गाँठो बनेको छ। सन् १९५५ मा चीन र नेपालबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भयो र द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको प्रारम्भ भयो। साथै दुई देशको सीमा सहकार्यका लागि नयाँ ऊर्जा थपियो।
China and Nepal are friendly neighbors connected by mountains and rivers. The people of the two countries, who have been neighbors since ancient times, have been moving around in the border area. There has been a sense of mutual interest and mutual study between them. Mount Everest has witnessed a long history of exchanges between the two countries. The long Himalayan mountain range has become a knot of China-Nepal friendship. In 1955, formal diplomatic relations were established between China and Nepal and a new chapter in bilateral relations began. It also added new energy for border cooperation between the two countries.
चीन–नेपाल सीमा शान्तिपूर्ण मैत्री सम्बन्धको साक्षी हो। दुई देशका पुरानो पुस्ताका राजनेताहरूका प्रयासमा चीन र नेपालले शान्तिपूर्ण सहअस्तित्वका पञ्चशीलको सिद्धान्तअनुसार न्यायपूर्ण, समानता तथा आपसी समझदारीका आधारमा मैत्रीपूर्ण छलफलद्वारा सीमा समस्या समाधान गरे। दुवै पक्षले सन् १९६१ अक्टोबरमा ‘सीमा सन्धि’ मा हस्ताक्षर गरे। सन् १९६३ मा चीन–नेपाल सीमा संयुक्त कमिटीले एक हजार किलोमिटरभन्दा लामो सीमारेखाको सर्वेक्षण र निर्धारण गरी सीमास्तम्भ स्थापना गर्‍यो। चीन–नेपाल सीमारेखा निर्धारण गरिएपछिको करिब ६० वर्षमा शान्ति र स्थिरता कायम रहेको छ। दुई देशको सीमा समस्याको समाधान चीन र नेपालको मैत्री सम्बन्ध विकासको कोसेढुंगा मात्र होइन, छिमेकी देशले मैत्रीपूर्ण छलफलद्वारा सीमा समस्या समाधान गरेको उदाहरण पनि हो। यसले एसिया र विश्वको शान्तिका लागि महत्वपूर्ण योगदान पनि पुर्‍याएको छ। दुवै पक्षले विशेष संयन्त्र स्थापना गरी सीमा मामिलाबारे निकटको संवाद र संयोजनको व्यवस्था मिलाएका छन्।
The Sino-Nepalese border is a witness to peaceful friendly relations. Through the efforts of the older generation of politicians of the two countries, China and Nepal resolved the border issue through friendly discussions on the basis of fairness, equality and mutual understanding in accordance with the principle of peaceful coexistence. Both sides signed the Border Treaty in October 1961. In 1963, the Sino-Nepalese Border Joint Committee surveyed and determined more than a thousand kilometers of border and established a border post. Peace and stability have prevailed in the 60 years since the China-Nepal border was demarcated. Resolving the border issue between the two countries is not only a cornerstone of the development of friendly relations between China and Nepal, but also an example of the neighboring countries resolving the border issue through friendly talks. It has also made significant contributions to peace in Asia and the world. Both sides have set up special mechanisms to facilitate close dialogue and coordination on border issues.
दुवै देशका प्राविधिक निकायले सीमा सन्धि र सम्झौता पत्रमा लेखिएअनुसार सीमारेखाको स्थलगत निर्धारण गरी चीन–नेपाल सीमालाई वैज्ञानिक ढंगले निर्धारण र व्यवस्थापन गरेका छन्, जसबाट अर्काको भूमि अतिक्रमण गर्ने भन्ने प्रश्न कहिल्यै पनि उठ्ने छैन। सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको राजकीय भ्रमण गर्नुभएका बेलामा दुवै पक्षले ‘सीमा व्यवस्थापन नियमावली’ मा हस्ताक्षर गरे, यसबाट दुई देशको सीमा व्यवस्थापन र सहकार्यमा प्रभावकारी स्तरोन्नति भयो।
The technical bodies of both the countries have determined and managed the China-Nepal border in a scientific manner by demarcating the border as per the border treaty and agreement, so that the question of encroaching on each other's land will never arise. During Chinese President Xi Jinping's state visit to Nepal in 2019, the two sides signed the Border Management Regulations, which effectively enhanced border management and cooperation between the two countries.
सन् २०२० चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औं वर्ष हो र उच्चस्तरीय आपसी भ्रमणका उपलब्धि कार्यान्वयन प्रारम्भ गर्ने पहिलो वर्ष हो।
2020 is the 65th year of the establishment of diplomatic relations between China and Nepal and the first year of the implementation of the achievements of high-level mutual visits.
चीन–नेपाल सीमा सहकार्य सर्वपक्षीय जितको गाँठो हो। दुई देशले क्रमशः केरुङ–रसुवा, तातोपानी–कोदारी आदि ६ जोडी सीमा नाका खोलिसकेका छन्। सीमा वारपारको सहकार्य दुई देशको सम्बन्धको महत्वपूर्ण अंश बनेको छ। दुवै पक्षबीच सीमा व्यापार प्रवद्र्धन गर्न तथा सीमावर्ती क्षेत्रका निवासीको जीवनमा सुविधा पुर्‍याउन व्यापारिक भुक्तानी सीमावर्ती क्षेत्रका निवासीले सीमापार गरी पशु चलाउन पाइने, सीमा वारपारको व्यापार आदि सम्झौता भएका छन्। सन् २०१९ मा चीनको तिब्बत स्वशासित क्षेत्र र नेपालबीचको आयातनिर्यात रकम ३ अर्ब १६ करोड ५० लाख य्वियान् पुगेको थियो, जुन एक वर्षअघि भन्दा २६.७५ ले बढी थियो। नेपाल लगातार ६ वर्षसम्म तिब्बतको सबैभन्दा ठूलो व्यापारिक साझेदारीको वैदेशिक मुलुक बनेको छ। यहाँ एउटा उल्लेखनीय कुरा के छ भने, नेपालको उत्तरी भूभागको जनजीवनमा आवश्यक पर्ने सामग्री ढुवानी गर्न सन् २००६ मे महिनादेखि चीनले आफ्नो सीमाभित्र रहेका राजमार्ग नेपाललाई प्रयोग गर्न दिएको छ । अहिलेसम्म नेपालले यो सुविधा उपभोग गरी ६७ पटकमा १५ हजार ८७६.९ टन खाद्यान्न, डिजेल, यान्त्रिक सामान, निर्माण सामग्रीको ढुवानी गरिसकेको छ। यो कार्य सीमावर्ती क्षेत्रका निवासीका लागि इमानदारी, आपसी सहयोग, सहकार्य र सर्वपक्षीय जितको विश्वमा उदाहरण बनेको छ।
China-Nepal border cooperation is the key to all-round victory. The two countries have already opened six pairs of border checkpoints at Kerung-Rasuwa, Tatopani-Kodari. Cross-border cooperation has become an important part of the two countries' relationship. In order to promote border trade and facilitate the lives of the residents of the border areas, trade payments have been made between the two sides. In 2019, imports and exports between China's Tibet Autonomous Region and Nepal reached 3.16 billion yuan, up 26.75 percent from a year earlier. Nepal has been Tibet's largest foreign trade partner for six consecutive years. It is worth mentioning here that since May 2006, China has allowed Nepal to use the highways within its borders to transport essential goods to the people of the northern part of Nepal. So far, Nepal has used this facility to transport 15 thousand 876.9 tons of food, diesel, mechanical goods and construction materials 67 times. This work has become an example to the world of honesty, mutual cooperation, collaboration and all-round victory for the people of the border areas.
सन् २०१९ मा सम्माननीय नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीले चीन भ्रमण गर्नुहुँदा चीन र नेपालले ‘ट्रान्जिट यातायातसम्बन्धी सम्झौता’ को प्रोटोकलमा हस्ताक्षर गरेका थिए, जसअनुसार चीनले नेपालको ‘भूपरिवेष्ठित देश’ बाट ‘भुजडित देश’ मा परिणत हुने कल्पना साकार बनाउन सहयोग पुर्‍याउँदै आफ्ना चारवटा सामुद्रिक बन्दरगाह र तीनवटा स्थल बन्दरगाह तेस्रो मुलुकसँग व्यापार प्रयोजनका लागि प्रयोग गर्न दिने भएको छ। यसबाट चीन–नेपाल सीमा वारपार सहकार्यमा नयाँ अवसर आउने छन्।
During the visit of Hon'ble Nepali President Vidyadevi Bhandari to China in 2019, China and Nepal signed a protocol on 'Transit Agreement', according to which China will help Nepal realize its dream of becoming a 'landlocked country' from a 'landlocked country'. Three land ports will be allowed to be used for trade purposes with third countries. This will bring new opportunities in Sino-Nepalese cross-border cooperation.
चीन–नेपाल सीमा एकआपसको सुरक्षा र सहयोगको सेतु हो। सन् २०१५ अप्रिलमा नेपालमा आएको विनाशकारी भूकम्पले सम्बन्धित सीमा नाका र राजमार्गमा गम्भीर क्षति पुर्‍याएको थियो। महाभूकम्पपछिको पराकम्पनबाट राजमार्ग वरपर हुनसक्ने क्षतिको जोखिमलाई समेत वास्ता नगरी चीनले अत्यन्त आवश्यक परिरहेको पेट्रोलियम र ग्याँस ढुवानी गरी यथाशीघ्र नेपालमा ल्याइपुर्‍यायो। साथै सीमानाका र राजमार्ग मर्मत गरी सुचारु बनाउने कार्य प्रारम्भ गर्‍यो। सन् २०१९ मेमा तातोपानी नाका पुनः सुचारु भयो। त्यस अवसरमा मैले कार्यटोलीको नेतृत्व गर्दै अरनिको राजमार्गमा पुनः यात्रा गर्ने सौभाग्य पाएकी थिएँ। त्यसबेला महाभूकम्पपछि नाका पुनर्निर्माणको सर्वेक्षण गर्दा त्यस्ता जटिल भौगोलिक परिस्थितिमा राजमार्गलाई मर्मत गरी सुचारु बनाउन र नाका निर्माण गर्न सहज छैन भन्ने मलाई अनुभव भएको थियो। त्यसका साथसाथै चीन र नेपालबीचको सुख र दुःखको एक अभेद मैत्रीबारे पनि अनुभव भएको थियो।
The China-Nepal border is a bridge of mutual security and cooperation. A catastrophic earthquake in Nepal in April 2015 caused severe damage to the border checkpoints and highways. Regardless of the risk of damage to the highway from the aftershocks, China transported much-needed petroleum and gas to Nepal as soon as possible. In addition, the work of repairing the borders and highways was started. In May 2019, the Tatopani checkpoint was reopened. On that occasion, I was fortunate enough to lead the team and travel on the Arani Highway again. At that time, while surveying the reconstruction of the checkpoint after the great earthquake, I felt that it was not easy to repair the highway and build the checkpoint in such a complex geographical situation. At the same time, a unique friendship of happiness and sorrow was experienced between China and Nepal.
यस वर्षदेखि चीनले कोभिड महामारी र भौगर्भिक विपत्तिको असरमाथि विजय प्राप्त गर्दै नेपालसँग संयुक्त रूपमा रोकथाम र नियन्त्रणको संयन्त्र स्थापना गरेको छ। महामारी चलिरहेको अवस्थामा मालसामान भन्सार पार गर्ने प्रक्रियालाई सहजीकरण गर्ने उपायबारे छलफल गरी नाका भन्सारको मालसामान ढुवानीको प्रक्रियालाई अधिकतम रूपमा सक्रिय बनाइएको छ। चीनले नेपाललाई सहयोगस्वरूप प्रदान गरेको स्वास्थ्य सामग्री र नेपालले खरिद गरेको दैनिक उपभोग्य वस्तुलाई प्राथमिकता दिई ढुवानी गर्ने व्यवस्था गरिएको छ। महामारीले दुवै पक्षको मालसामान ढुवानी सहकार्यमा नकारात्मक असर पारेको भए पनि चीनले नेपाललाई प्रदान गरेको महामारी रोकथाम तथा नियन्त्रणका स्वास्थ्य सामग्री र दैनिक उपभोग्य वस्तुहरूको ढुवानी कार्य कुनै पनि अवस्थामा पूर्णरूपले रोकिएको थिएन। मैत्रीको यो सेतु कहिल्यै पनि टुटेको छैन।
Since this year, China has overcome the effects of the Covid epidemic and geological disasters and established a joint prevention and control mechanism with Nepal. The process of transporting goods at the border checkpoints has been made as active as possible by discussing measures to facilitate the process of crossing the customs during the epidemic. Arrangements have been made to give priority to the transportation of health items provided by China to Nepal and the daily necessities purchased by Nepal. Although the epidemic had a negative impact on freight cooperation between the two sides, the supply of epidemic prevention and control health items and daily necessities provided by China to Nepal was not completely stopped under any circumstances. This bridge of friendship has never been broken.
नयाँ युगमा चीन–नेपाल सीमा सहकार्यमा गर्न सकिने कुरा धेरै छन्। सन् २०१९ चीन–नेपाल सम्बन्ध विकासको इतिहासमा कोसेढुंगा सावित भएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीले आपसी भ्रमण गर्नुभयो र चीन र नेपालको सम्बन्धलाई ‘विकास तथा समृद्धितर्फ उन्मुख हु्ने पुस्तौंपुस्ताको मैत्रीपूर्ण रणनीतिक साझेदारी सम्बन्ध’ मा स्तरोन्नति गर्नुभयो। सन् २०२० चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औं वर्ष हो र उच्चस्तरीय आपसी भ्रमणका उपलब्धि कार्यान्वयन प्रारम्भ गर्ने पहिलो वर्ष हो। दुवै पक्ष दुई देशका राजनेताले कोर्नुभएको खाकाअनुसार हिमालयवारिपारिको त्रिआयामिक कनेक्टिभिटी सञ्जाल निर्माण गर्ने, चीन–नेपाल राजमार्ग सुचारु बनाइराख्ने, केरुङदेखि काठमाडौंसम्म सीमावारपारको रेलमार्ग निर्माण परियोजनाको सम्भाव्यता अध्ययन अघि बढाउने, संयुक्त रूपमा सगरमाथाको उचाइ मापन गरी घोषणा गर्ने र अन्य वैज्ञानिक अनुसन्धान प्रारम्भ गर्ने आदि कार्यमा तत्पर छन्।
There are many things that can be done in the new era of China-Nepal border cooperation. The year 2019 has proved to be a milestone in the history of development of China-Nepal relations. Chinese President Xi Jinping and Nepalese President Bidhyadevi Bhandari paid a courtesy call on each other and upgraded China-Nepal relations to "Generational Friendly Strategic Partnership for Orientation and Prosperity". 2020 is the 65th year of the establishment of diplomatic relations between China and Nepal and the first year of the implementation of the achievements of high-level mutual visits. The two sides are working on building a three-dimensional connectivity network across the Himalayas, maintaining the China-Nepal highway, conducting a feasibility study of a cross-border railway project from Kerung to Kathmandu, jointly measuring the height of Mount Everest and launching other scientific research.
सगरमाथा वारिपारिको चीन–नेपाल मैत्री र सहकार्य नयाँ युगमा पनि गौरवशाली होओस् भन्ने कामना गरौं। चीन नेपालको साझा भाग्यको समष्टि निर्माणका लागि चीन नेपाल सीमालाई सहकार्यको गाँठो बनाउन संयुक्त रूपमा मेहनत गरौं।
Let us wish the Sino-Nepalese friendship and cooperation around Everest to be glorious even in the new era. Let's work together to make the China-Nepal border a knot of cooperation for the common destiny of China and Nepal.
—होउ यान् छी नेपालका लागि चिनियाँ राजदूत हुन्।
—Hou Yanchi is the Chinese Ambassador to Nepal.

 

版权所有© 河北经贸大学      地址:河北省石家庄市学府路47号    邮编:050061

手机版